निर्वाचन आचारसंहिता विपरीत सोलार वितरण

  ०७४ मङ्सिर १८ गते

माण्डवी गाँउपालिका-५ तिग्रा र प्यूठान नपा-१ को सालघारीमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १६ गते निर्वाचन आचारसंहिता विपरीत सोलार बत्ति वितरण गरेको स्थानीयबासीले आरोप लगाएका छन् ।

माण्डवी गाँउपालिका-५ तिग्राकी स्थानीय कौशिल्या गिरीले भनिन्-'रूखमा भोट हाल्नु भन्दै' वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कर्मचारी एवम् स्थानीय राजन आचार्यले नौ घर परिवारमा सोलार जडान गरेको आरोप लगाइन् । बैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी एवम् स्थानीय राजन आचार्यले नौ घर परिवारमा सोलार जडान गरिएको स्विकार गरे । 'स्थानीय तहको निर्वाचनमा गाँउका भाईहरूले सोलार चाहियो भनेका थिए ।' उनले भने, 'मैले चिनेजानेको कम्पनीमा कुरा गरी छुटमा सोलारको व्यवस्था गरिदिएको हुँ कर्मचारी राजन आचार्यले बताए ।

आफ्नै खर्चमा सोलार दिएको भन्दै उनले यसमा पार्टीका उम्मेदवार जोड्न आवश्यक छैन भने पनि राजनका भाइले प्रतिनिधि सभामा डा.गोविन्दराज पोख्रेलका लागि रूखमा भोट हाल्न भन्दै सोलार जडान गरिदिएको सोलार पाएका परिवारहरूले बताएका छन् ।

नेपाली काङ्ग्रेसले मतदातालाई प्रलोभनमा पार्ने गरी निर्वाचन आचारसंहिता उल्लङ्घनका थुप्रै घटनाका खबर प्राप्त भएको भन्दै युवा परिचालन गरिएको संयुक्त बाम गठबन्धन युवा विद्यार्थी परिचालन कमिटिका संयोजक विजयविराज विष्टले आरोप लगाए । 'मतदाताहरूलाई प्रलोभनमा पार्न अनेक हर्कत भएका छन् ।'-उनले भने-'जिम्मेवार पार्टीका उम्मेदवार र सम्बन्धित निकाय जिम्मेवार ढङ्गले प्रस्तुत नभए त्यसको क्षति सम्बन्धित निकायले लिनुपर्छ ।'

काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार भएका डा.गोविन्दराज पोख्रेल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व प्रमुख हुन ।


रविन्द्र पाण्डे