निर्वाचन आचारसंहिता विपरित उम्मेदवारद्वारा झोलुङ्गे पुल शिलान्यास
निर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ ।
सोमबार ढोरपाटन नगरपालिका–३ को विसमोरबाट घोसा जोड्ने झोलुङ्गे पुलको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुँवरले उद्घाटन गर्नुभएको हो ।
उम्मेदवार कुँवरसँगै नेपाली कांग्रेसका समानुपातीक उम्मेदवार दिलमाया पौवी पनि शिलन्यास कार्यक्रममा सहभागी हुनुभएको थियो ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को (ग) अनुसार कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने काम गर्न वा सो को लागि अनुदान दिन नहुने उल्लेख गरिएको भएपनि कुँवरले आचारसंहिता विपरित पुलको शिलान्यास गर्नुभएको हो ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…