निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसारमा संलग्न शिक्षकलाई कारवाहीको माग

  कात्तिक ३० गते ।

मुड्केचुला गाउँपालिका अन्तरर्गतको एक सरकारी विद्यालयमा कार्यरत शिक्षकले निर्वाचन आचारसंहिता विपरित राजनीतिकदलको प्रचारप्रसार गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन ।

मुड्केचुला गाउँपालिका – ९ होर्तमा हरेको  चन्दनाथ आधारभुत विद्यालयमा कार्यरत शिक्षक रामेश्वर चौधरी र मुड्केचुला गाउँपालिकाका निमित्त शिक्षा शाखा प्रमुख तथा महादेव आधारभुत विद्यालयका मुड्केचुला गाउँपालिकाका –६ का शिक्षक जयराम शाहीले निर्वाचन आचारसंहिता विपरित राजनीतिकदलको पक्षमा मत माग्दै हिड्दै गरेको पाइएपछि कारवाहीको माग गरिएको हो ।

नेकपा एमाले सर्मथक नरबहादुर थापा नरबहादुर वोहरा दत्त बोहरा कमल शाही विक्रम बोहरा राजन शाही गोपचन्द्र बोहरा लक्षमण रावत लगायतले कारवाहीको लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनु भएको छ ।

निमित्त शिक्षा प्रमुख शाही र शिक्षक चौधरीले पदीय मर्यादा विपरित निर्वाचन आचारसंहिताको धज्जी उडाउदै गठबन्धनदलको पक्षमा मत माग्दै चिन्ह सिकाउदै गरेको अवस्थामा रंगे हात आफुहरुले नियन्त्रणमा लिएपछि शिक्षकको झोला भित्र प्रचारप्रसारका सामाग्री नमुनामतपत्र भेटिएको निवेदकहरुले ०७९ कात्तिक २९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निवेदनमा उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बाबुराम सुवेदीले शिक्षकले आचारसंहिता विपरित कार्य गरेको सम्बन्धमा कात्तिक ३० गते मात्र निवेदन सहित भिडियाो स्रोत प्राप्त भएको र भिडियोमा खासै प्रष्ट नदेखिएकाले अनुसन्धान भइहरेको साथै टेलिफोन मार्फत सम्बन्धित शिक्षकलाई सचेत गराईसकिएको बताउनु भयो ।


विष्णु प्रसाद देवकोटा