निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गर्ने १ सय ३९ सञ्चारमाध्यमलाई कारबाही
प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन/प्रशारण गर्ने १ सय ३९ ओटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराद्वारा ०७९ वैशाख २७ गते जारी विज्ञप्तिमा ०७८ चैत २६ गतेदेखि वैशाख २७ गतेको अवधिमा १ सय ३९ सञ्चारमाध्यमबाट १ सय ५० ओटा निर्वाचन आचारसंहिता प्रतिकूलका समाचार प्रकाशन÷प्रसारण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार आचारसंहिता विपरीत समाचार प्रकाशन गर्ने ४४ ओटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन् नसक्ने गरी कारबाही गरेको छ ।
काउन्सिलले सोही अवधिमा ८१ ओटा सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न सजग रहन निर्देशन दिएको छ भने १७ ओटा सञ्चारमाध्यमलाई सचेत गराएको छ ।
त्यस्तै सोही अवधिमा निर्वाचन आयोगको अनुरोधमा काउन्सिलले पत्रकारको सामाजिक सञ्जालको प्रवृतिगत अध्ययन गर्ने क्रममा फेसबुकबाट कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार वा मत माग्ने २९ जना पत्रकारलाई ध्यानाकर्षण समेत गराएको छ ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु…