स्थानीय तह उपनिर्वाचन ०८१-निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा उजुरी
निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेको भन्दै प्रतिनिधि सभा सदस्य ५५ वर्षीया भगवती चौधरी, प्रदेश सभा सदस्य ६४ वर्षीय रामदेव यादवसहित पाँच जना जनप्रतिनिधिविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर ७ गते उजुरी परेको छ ।
नेकपा (एमाले)का उम्मेदवार सन्तु उराँवको पक्षमा मङ्सिर ६ गते राति मत मागेको भन्दै प्रतिनिधि सभा सदस्य चौधरी, प्रदेश सभा सदस्य यादव, गढी गाउँपालिका अध्यक्ष ५६ वर्षीय आशनारायण चौधरी, उपाध्यक्ष ३९ वर्षीया अनिताकुमारी साह, वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष ४७ वर्षीय योगनारायण चौधरीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
जनप्रतिनिधिहरुले राति प्रचारप्रसार गरेको भन्दै फोटो र भिडियोसहितको प्रमाण राखेर उजुरी दिएको नेकपा (माओवादी केन्द्र) गढी गाउँपालिकाका संयोजक राजाराम यादवले बताउनु भयो ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले आफू गढी गाउँपालिका भन्दा बाहिर रहेकोले लिखित उजुरी हातमा नपरेको तर मौखिक जानकारी पाएको बताउनुभयो ।
उक्त आरोपमा कुनै सत्यता नभएको प्रतिक्रिया दिनुहुँदै प्रतिनिधि सभा सदस्य चौधरीले गढी गाउँपालिका–६ भवानीपुर हुँदै घर फर्किने क्रममा विनोद उराँवको घर अगाडि भेला भएका स्थानीयहरूले रोकेको बताउनु भयो ।
स्थानीय तह २०७९ को निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष सदानन्द उराँव झागरको मृत्यु भएपछि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…