राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङघन
स्थानीय तह निर्वाचन ०७९ नजिकिदै जादा आचारसंहिता उल्लङघनका घटनाहरु बढदै गएको जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार निर्वाचन आचारसंहिता विपरित पोखरा महानगरपालिकका मेयर मानबहादुर जिसीले पोखरा वडा नम्बर ४ र ५ जोड्ने फिर्के पुलको उद्घघाटन गरेका छन् ।
निर्वाचन आचारसंहिता लागु भइसकेपछि कुनैपनि आयोजना शिलान्यास र उद्घघाटन गर्न नपाइने भनिएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुुन एक दिन बाँकी रहदा आचारसंहिता उल्लंघन बढेको छ । चर्को ध्वनि बजाएर प्रचार गर्दै उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । निर्वाचन आचारसंहितामा चर्को ध्वनि प्रयोग गर्न नपाइने उल्लेख छ । त्यस्तै राजनीतिक दलहरुले शक्ति प्रदर्शनका लागि मोटरसाइकल र्याली गरी चर्को आवाजमा हर्न बजाउने गरेको पाइएको छ । विशेष गरी सदरमुकाम क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, तथा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरु समेत मोटरसाइकल र्याली गर्दै आएका छन् । सार्वजनिक स्थलमा झण्डाको प्रयोग गर्न नपाइने भएपनि गोरखा बजार र ग्रामिण सडकका छेउछाउका पोलमा निर्वाचन चिन्ह अंकित झण्डा राखिएको छ ।
इन्सेक, गण्डकी प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…