निर्वाचन आचारसंहिता उल्लङघन् गर्दै दलहरू

मौन अवधि सुरू हुन केही समय मात्र बाँकी हुँदा पनि मोरङमा राजनितिक दलहरूले आचारसंहिता विपरीत प्रचारप्रसार गरिरहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालयमा भएको सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका उनीहरूले आफैँ आचारसंहिता उल्लङघन् गरेका छन् ।

सबै जसो दलहरूले सवारी साधनमा साउण्ड सिष्टम राखेर ठूलाठूला ब्यानर टाँसेर प्रचारप्रसार गरिरहेका छन् ।

सिटी रिक्सामा माइक राखेर उम्मेदवार तथा दललाई भोट माग्ने काम गरिरहेका छन् । मङ्सिर १८ गते मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभातर्फ सङ्घीय समाजवादी फोरमका उम्मेदवार केदार धिमालको चुनाव प्रचारप्रसारमा साउण्ड सिष्टमको प्रयोग गरिएको थियो ।

यस्तै क्षेत्र नम्बर ४ का विवेकशील साझा पार्टीका उम्मेदवार अमलेश कर्णलाई मत माग्दै सिटी रिक्सामा माइक प्रयोग गरिएको थियो ।

दलहरूले तुल ब्यानर, झण्डाको रूख बनाउनेलगायतका कामहरू गरेर दलहरूले आचारसंहिता उल्लङ्घन गरिरहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलले आचारसंहिता विपरीत काम गरेको पाइए सचेत गराउने नभए कारबाही सम्म हुने बताए ।


इन्दिरा भट्टराई