निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा लागेको भन्दै जिल्लाका पाँच जना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको छ ।

नेकपा एमाले समर्थक नेपाल शिक्षक सङ्गठनमा आबद्ध बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका शिक्षक चन्द्र बुढा, ज्योती प्राविका शिक्षक गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रद्यानाध्यापक कृष्णबहादुर बोहोरा र हिमज्योती प्राविका प्रद्यानाध्यापक तुलबहादुर विष्टविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

विद्यालयमा पढाउन छोडी एमाले उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ता जयबहादुर रोकायले उजुरी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत सनतकुमार लवटले उजुरी परेका सबै शिक्षकसँग वैशाख २५ गते स्पष्टीकरण सोधिएको र चार जना शिक्षकबाट स्पष्टीकरण प्राप्त भएको जानकारी दिए ।


विष्णु देवकोटा