निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री विरूद्ध उजुरी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ७ गते मुख्य निर्वाचन अधिकृत कार्यालय, तनहुँमा उजुरी दर्ता गरेको छ ।
वैशाख ६ गते डुम्रेमा आयोजित चुनावी सभामा निर्वाचन आचार संहिता विपरीत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको र गठबन्धनका उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग गरिनु र निर्वाचनको समयमा मतदाता प्रभावित बनाउने सार्वजनिक अभिव्यक्ति दिएको प्रति ध्यानाकर्षण भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
सत्ता गठबन्धनका उम्मेदवार भट्टराईको प्रचारमा बाहालवाला प्रधानमन्त्री दाहालसहित तीन जना पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराई नेपाली सेनाको हेलिकप्टरमा डुम्रे आउनु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले चुनावी सभामा गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने घोषणा गर्नु भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीहरूले मतदातालाई कुनै प्रलोभन तथा आश्वासन दिनु पनि निर्वाचन आचार संहिता विपरीत हाे ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ तथा निर्वाचन कसुर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही माग गर्दै निवेदन दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसंयोजक पौडेलले बताउनु भयो ।
तनहुँका मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्यले उजुरी दर्ता गरी निर्वाचन आयोगलाई जानकारी गराइने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…