निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, र भयरहित बनाउन इन्सेकको अनुगमन
तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन इन्सेकले निर्वाचन क्षेत्रको अनुगमन गरेको छ ।
इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ तथा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा वैशाख ९ गते तनहुँका प्रमुख जिल्ला अधिकारी तथा उम्मेदवारहरूसँगको भेटमा उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउनु पर्ने विषयमा छलफल गरिएको हो ।
निर्वाचनको विश्वसनियताको लागि पनि निर्वाचनका सम्पुर्ण कार्यहरू स्वतन्त्र, निश्पक्ष र भयरहित हुनु पर्ने इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताउनु भयो ।
भयरहित र स्वतन्त्र पूर्वक अवस्थामा मतदान गर्न पाउनु मतदाताको मानव अधिकारको विषय भएको हुँदा प्रशासन, राजनीतिक दल तथा उम्मेदवारहरूले यसबारेमा गम्भिर बन्नु पर्ने इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताउनु भयो ।
निर्वाचनको विश्वसनियता कायम राख्न पनि निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनु पर्ने गौतमले बताउनु भयो ।
इन्सेकसँगको भेटमा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्वतन्त्र र भयरहित निर्वाचन गराउन स्थानीय प्रशासन गम्भिर भएको बताउनु भयो ।
उहाँले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । मतदानको लागि ७ सय ५० कर्मचारी र २६ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै प्रजिअ रिजालले बढि संवेदनशिल देखिएका मतदान स्थललाई विशेष निगरानी गरिने पनि बताउनु भयो ।
इन्सेकको टोलीले तनह्ुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेसँग पनि भेट गरि निर्वाचनको गतिविधिको अवस्थाको बारेमा छलफल गरेको थियो ।
इन्सेकले व्यास नगरपालिका–२ को सत्यवती मावि मतदान केन्द्र, बन्दिपुर–२ को भानु मावि मतदान केन्द्र तथा बन्दिपुर–१ को पवित्रा मावि मतदान केन्द्रको पनि पर्यवेक्षण गरेको थियो । सो क्रममा मतदानको तयारी, महिला, जेष्ठ नागरिक, अपाङ्गता र अशक्त मतदाता तथा यौनिक र अल्पसंख्यक मतदातालाई मतदान गर्ने अवस्थाको बारेमा पनि सम्बन्धित मतदान अधिकृतहरुसँग जानकारी लिईएको थियो ।
साथै मौन अवधिको क्रममा भएका निर्वाचन आचार संहिता विपरितका घटनाहरूको पनि जानकारी लिइएको थियो ।
सो क्रममा मतदान अधिकृतले अपाङ्गता, जेष्ठ नागरिक तथा यौनिक तथा अल्पसंख्यक मतदातालाई प्राथमिकता दिएर मतदान गराउने व्ययस्था मिलाइएको बताउनु भएको थियो ।
सो पर्यवेक्षण तथा अनुगमनमा इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ तथा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम सहित इन्सेक गन्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल, प्रदेश कार्यालयकी अधिकृत सवनम शर्मा, इन्सेकका पर्यवेक्षकद्वय अनिता खनाल र सौगात गौतम र इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको सहभागिता रहेको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…