निर्वाचनलाई भयरहित बनाउँन पर्यवेक्षकको भूमिका महत्वपुर्णः मुख्य निर्वाचन अधिकृत भट्ट
बागलुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टले निर्वाचनलाई भयरहित निश्पक्ष, भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नको लागि पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलिसँग कात्तिक २५ गते कुरा गर्दै उहाँले पर्यवेक्षक, पत्रकार र सरोकारवालाको सहयोग बिना शान्तिपूर्ण निर्वाचन गराउन सम्भव नहुने भएकोले सबैको सकारात्मक साथको आवश्यकता भएको बताउनु भएको हो ।
बागलुङ जिल्लामा रहेका २ निर्वाचन क्षेत्रका १ सय ६ मतदान स्थल र २ सय ३१ मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नको लागि तयारी पुरा भएको भट्टले बताउनु भयो ।
कात्तिक २६ र २७ गते निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमको आयोजना गरिएको पनि उहाँले बताउनु भयो ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले मतदान स्थलको संवेदनशिलतालाई हेरेर सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो ।
अनुगमन तथा भेटघाट कार्यक्रमा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, सवनम शर्मा, नियोग बागलुङका अध्यक्ष सावित्री खड्का सहित इन्सेक बागलुङका पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…