निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दललाई ज्ञापन पत्र

  ०७९ वैशाख १२ गते

स्थानीय तहको निर्वाचन निष्पक्ष र मर्यादित बनाउन सुर्खेतस्थित प्रमुख राजनीतिक दलहरूलाई मानव अधिकार समूूह सुर्खेतले वैशाख ८ गते ज्ञापन पत्र बुुझाएको छ ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले आ–आफनो घोषणा पत्रमार्फत जनता सामू जाने तयारी गरिरहेका बेला मानव अधिकार समूहले पहिचान गरेका सवालहरू आ–आफनो घोषणा पत्रमा समेट्न ज्ञापन पत्र बुुझाएका हुुन् ।

ज्ञापन पत्र बुुझ्दै नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक जीतबहादुर रानाले मानव अधिकार समूूहले उठाएको सवाल सहनीय भएको भन्दै पार्टीले जनताको सवाललाई प्राथमिकतामा राखेको बताउनुुभयो ।

त्यस्तै, नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत विसीले मानव अधिकार समूूहले उठाएको सवाल प्रत्यक्ष जनतासँग जोडिएको हुँदा पार्टीले निर्माण गर्न लागेको घोषणा पत्रमा समेट्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

नेपाली काङ्ग्रेस सुर्खेतका सचिव बालदिप कडेलले आफ्नो दलले घोषणा पत्र लेख्ने तयारी गरिरहेकै बेला मानव अधिकार समूहले उठाएका सवाल समसामयिक विषय भएकाले पार्टीको ध्यानाकर्षण भएको भन्दै घोषणा पत्र तयार गर्न आधार हुने बताउनुुभयो ।

त्यस्तै, समूहले नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई समेत ज्ञापन पत्र बुुझाएको थियो । मानव अधिकार समूूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास लगाएत राजनीतिक दलले निर्वाचनमा ल्याउने घोषणा पत्रमा समावेश गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मानव अधिकार समूह वीरेन्द्रनगरको अध्यक्ष लक्ष्मी शर्मा, समूहका सदस्यहरू सन्त केसी, राजेन्द्र शर्मा र शोभा विकसहितको टोलीले ज्ञापन पत्र बुुझाएको थियो ।
2022-04-25 Surkhet (2) 2022-04-25 Surkhet (1) 2022-04-25 Surkhet (3)


पूूर्णबहादुर खड्का