निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत निष्पक्ष बन्नुपर्छः आयुक्त शाह

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतलाई निर्वाचन आयुक्त सुधिरकुमार शाहले निर्देशन दिएका छन् ।

आयुक्त शाहले वैशाख २३ गते जिल्ला निर्वाचन कार्यालय जाजरकोटले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतदान अधिकृतहरूका लागि आयोजना गरेको तालिममा सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् ।

आयुक्त शाहले भने २० वर्षपछि हुन लागेको सात दशक देखिको नेपाली जनताको सङ्घर्षबाट प्राप्त सार्वभौम अधिकारलाई जनता स्वयम् राज्यसत्ताको मालिक बन्ने अवसर आएको बताए ।

'यस अवसरलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनमा खटिएर जाने मतदान अधिकृतले स्वच्छ, निष्पक्ष र भयरहित बनाउन लाग्नु पर्छ ।'-उनले भने ।

आयुक्त शाहले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत कुनै पनि राजनीतिक दल, कुनै पनि उम्मेदवार र कुनैपनि उम्मेदवारप्रति आग्रह, पुर्वाग्रह वा पक्ष र विपक्षमा काम नगर्न र झुकाव नराख्नसमेत निर्देशन दिएका छन् ।


दिनेशकुमार श्रेष्ठ