निर्वाचनमा हुन सक्ने घटना रोक्न प्रशासनले बनायो सुरक्षा रणनीति
जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा रणनीति बनाएको छ । मतदान स्थलमा खटिने कर्मचारीको सुरक्षादेखि निर्वाचन अवधिमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउने भएको हो ।
निर्वाचनको अवधिमा हुन सक्ने सम्भावित घटना रोक्न प्रशासनले मौन अवधि शुरु हुने वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाको कुनै पनि भागमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्यलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनु भयो ।
त्यस्तै, मतदानस्थलमा खटिने कर्मचारीलाई हतोत्साहित गर्ने गतिविधि गरिए कारवाहीको दायरामा ल्याउने उहाँको भनाई छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न भन्दै प्रशासनले यस्तो सूचना समेत सार्वजनिक गरेको हो ।
जिल्लामा क्रियाशिल राजनीतिक दल, सार्वजनिक पदाधिकारीहरू, सरकारी कर्मचारी तथा सर्वसाधारण व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पनि पालना गर्न प्रशासनको आग्रह छ ।
सूचना विपरित गतिविधि कोही कसैबाट भएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…