निर्वाचनमा मतदान गर्दिनँ भन्नु पनि नागरिकको अधिकार होः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर १ गते रोल्पाको लिबाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शङ्काको भरमा धेरैलाई गिरफ्तार गर्दा आक्रोशित भई स्वच्छ र शान्तिपूर्ण निर्वाचनमा असर पुग्ने बताए ।
यस्तै नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्यले देशको आगामी भविष्य निर्माण गर्ने निर्वाचनलाई स्वच्छ बनाउनुपर्नेमा जोड दिए । मानव अधिकार र निर्वाचनको समग्र अवस्थाको अनुगमनका क्रममा रोल्पा आएका उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक नेपालगञ्जका प्रलेख अधिकृत नारायण सुवेदी, जिल्लाका राजनीतिक दल, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरूले जिल्लामा सृङ्खलाबद्ध रूपमा बम विष्फोट भइरहेको र अर्को तर्फनेकपाका नेताहरू गिरफ्तारीमा पर्नुले निर्वाचनमा भाग लिने र नलिने दुवैको अधिकार हनन् भएको बताएका थिए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…