निर्वाचनमा बालबालिका प्रयोग, आचारसंहिता पालना गर्न अधिकारकर्मीहरूको माग
नेकपा माओवादी केन्द्र लालीगुराँस नगरपालिकाले चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै विद्यार्थीहरू सहभागी गराएको छ ।
चुनाव प्रचारप्रसारमा विद्यालयका विद्यार्थीहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराएको हो । बाल अधिकार महासन्धि अनुसार बालबालिका र विद्यार्थीहरू आफ्नै कार्यक्रम बाहेक कसैले पनि कार्यक्रममा सहभागी गराउन पाइँदैन ।
चुनाव प्रचारप्रसारमा विद्यार्थी प्रयोग भएको बारेमा विद्यालयका प्रधानध्यापक मानविकरण सुब्बाले विद्यालयमा समेत बालबालिका र विद्यार्थीलाई दलहरूले प्रयोग गरेको बारेमा उजुरी आएको बताए । उनले विद्यालयमा कक्षा ८ देखि १० सम्मका केही विद्यार्थीहरूको केही दिनदेखि हाजिरी नदेखिएको जानकारी दिए ।
बालबालिका प्रयोग गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले आफूहरूको ध्यानकर्षण भएको जनाएको छ । चुनाव प्रचारप्रसारको क्रममा विद्यार्थीहरूलाई प्रयोग गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले विद्यालय र माओवादी पार्टी केन्द्रलाई पत्राचारसमेत गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्मलकुमार राईले जानकारी दिए ।
निर्वाचन प्रचारप्रसारमा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै बालबालिकाहरू सहभागी गराएको भन्दै अधिकारकर्मीहरूले यसको नियन्त्रण गर्नका लागि सम्बन्धित संस्थाले चासो दिनु पर्ने माग गरेका छन् ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…