निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने राजनीतिक दल र सरोकारवालाहरूको प्रतिबद्धता
सङ्खुवासभामा स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नहुन् भन्ने उद्देश्यले वैशाख १९ गते आयोजित एक कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि एवम् सहभागीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला बालकल्याण समितिद्वारा आयोजित स्थानीय तहको निर्वाचन र बालबालिकाका सवाल विषयक अन्तरक्रियात्मक कार्यक्रममा पाँचबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूले स्थानीय तहको निर्वाचनलगायत कुनैपनि किसिमको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने जनाएका हुन् ।
कार्यक्रममा जिल्ला बालकल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले निर्वाचन अघि, निर्वाचनका दिन र निर्वाचनपछि पनि कुनै हिसावले राजनीतिक स्वार्थका लागि बालबालिकालाई प्रयोग नहुने जनाउँदै त्यसका लागि सवैले प्रतिबद्धता जनाउन आग्रह गरेका थिए ।
सोही क्रममा नेपाली काङ्ग्रेसका शेरबहादुर वन, एमालेका नारायण कटुवाल, नेकपा माओवादी केन्द्रका भविन्द्र अधिकारी, राप्रपाका दिपेन्द्र कार्की, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका कुलवहादुर राई, संयुक्त समाजवादी फोरमका कृष्ण तामाङ, नयाँ शक्ति पार्टी नेपालका टेकमान राई लगायतले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै जिल्लाका राजनीतिक दलहरूले निर्वाचनको वहानामा बन्द हडताल समेत नगर्ने प्रतिबद्धता जनाएका थिए ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…