निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा दलहरू प्रतिबद्ध
डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समितिको पहलमा वैशाख १० गते राजनीतिक दलका नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्थानीय तहको निर्वाचनमा बालबालिकाहरू प्रयोग नगर्न राजनितिक दलहरूलाई आग्रह गरिएपछि दलहरूका तर्फबाट बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता आएको हो । सो अवसरमा जिल्ला बालकल्याण समिति तथा बालबालिकाका पक्षमा सक्रिय विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई कुनै पनि काममा प्रयोग नगर्न सम्बन्धित सबैसँग आग्रह गरेका छन् ।
प्रमुख राजनीतिक दलले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्वीकार गर्दै कुनैपनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न नगराउने र विद्यालयलाई राजनीतिक थलोका रूपमा प्रयोग नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले जानकारी दिए ।
निर्वाचन प्रचार-प्रसार, आमसभा तथा जुलुसमा बालबालिका प्रयोग गर्न नहुने विषयमा निर्वाचन आचारसंहिता २०७२ (दोस्रो संशोधन, २०७३) ले प्रतिबन्ध लगाएको छ ।
भुपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…