निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन अनुगमन सुरू
स्थानीय तहको निर्वाचनमा कुनै पक्षबाट पनि बालबालिकाको प्रयोग हुन नदिन वैशाख १० गतेदेखि अनुगमन सुरू गरिएको छ । महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा समिति गठन गरी अनुगमन सुरू गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय सल्यानको संयोजकत्वमा गठित समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, दलित विकास समाज, नेपाल पत्रकार महासङ्घ र जिल्लामा रहेका चारवटा एफएम रेडियोहरू रहेका छन् ।
समितिले निर्वाचनको समयमा बालबालिकाको प्रयोग, चुनावी सभामा विद्यालयको प्रयोग भए नभएको अनुगमन गर्ने महिला तथा बालबालिका कार्यालय सल्यानकी प्रमुख राजकुमारी राईले बताइन् । उनले सदस्यहरूको सञ्जालमार्फत अनुगमन गरिने र बालबालिकाको प्रयोग भएको खण्डमा सम्बन्धित पक्षलाई बालबालिकाको प्रयोग नगर्न सचेत गराइने बताइन् ।
"जिल्लामा चुनावी कार्यक्रममा बालबालिका र विद्यालयको प्रयोग हुन नदिन समिति बनाएर काम थालेका हौँ ।'-उनले भनिन्-'केन्द्रीय बाल कल्याण समिति र जिल्लाका सरोकारवालाहरूको सुभावका आधारमा अघि बढ्छौँ ।"
मीना बुढाथोकी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…