निर्वाचनमा नजान कर्मचारीलाई नेपाल कम्युनिष्ट पार्टीद्वारा धम्की 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गामा निर्वाचनका लागि खटिएका कर्मचारीहरूलाई नजान धम्की दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै नेकपाले बन्दुकको घेराभित्र गराइएको निर्वाचनले समस्या समाधान नगर्ने भएकाले निर्वाचनमा नजान चेतावनी दिएको हो ।

जिल्ला इर्ञ्चाज राजन र सेक्रेटरी अमृत सागरले संयुक्त रूपमा जेठ २८ गते विज्ञप्ति जारी गर्दै कर्मचारीहरूलाई निर्वाचनमा नजान धम्की दिएका हुन् ।

प्रहरीले सो पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार गर्नासाथ नेकपाले कर्मचारीलाई चुनावमा नजान भन्दै धम्की दिएको हो ।


शिवप्रसाद ढुङ्गाना