निर्वाचनमा असहयोग गरेको आरोपमा अमानवीय व्यवहार
स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेसका युवा नेता ३८ वर्षीय युवराज पौडेललाई काङ्ग्रेसका कार्यकर्ताले अमानवीय व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
काङ्ग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा चार जनाको सङ्ख्यामा आएका व्यक्तिले असार २१ गते पीडितलाई मोसो दलेर अमानवीय व्यवहार गरेको पीडितले आरोप लगाएका हुन् ।
कोहलपुर नगरपालिकाको मतगणना असार २१ गते दिउँसो मात्र सकिएको थियो । नेपाली काङ्ग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएपछि युवराजले असहयोग गरेको भन्दै पुडासैनीको समूहले घरमा बसेको अवस्थामा पौडेललाई अमानवीय व्यवहार गरेका थिए । उक्त नगरपालिकामा एमालेका लुटबहादुर रावत विजय भएका थिए ।
पीडितले घटनामा संलग्न व्यक्तिलाई कारबाहीको मागगर्दै असार २२ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको सई सुरेन्द्र पन्तले बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…