निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिएका दुई ओटा गाडीमा आगजनी
निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएका दुई ओटा गाडीमा वैशाख २३ गते राति आगजनी भएको छ । वीरेन्द्रनगर ६ जुम्लारोडस्थित रोकी राखेको अवस्थामा अज्ञात पक्षले आगजनी गरेको हो ।
नेपाली कांग्रेसले प्रयोग गर्दै आएको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र नेकपा एमालेले चुनावी अभियानमा प्रयोग गर्दै आएको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
मध्यरातमा आगजनी भएको स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ । मिनीबसमा भने सिसा र सिटहरूमा क्षति पुगेको छ ।
आगजनी गर्ने पक्षको खोजी भइरहेको र घटनास्थल वरपरका सीसीक्यामेराहरूको निगरानी भइरहेको प्रहरीको भनाइ छ ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…