निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता दुई हप्तादेखि सम्पर्कविहीन
खार्पुनाथ गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका कार्यकर्ता सोही गाउँपालिका-२ का १९ वर्षीय विजय रावल दुई हप्तादेखि बेपत्ता भएका छन् । रावल वैशाख २४ गतेबाट सम्पर्कविहीन भएको उनका परिवारले बताएका हुन ।
विजय खार्पुनाथ गाउँपालिका-३ राया गाउँबाट सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । नेपाली काङ्ग्रेसका खार्पुनाथ गाउँपालिकाका उम्मेदवार कर्ण रावल, प्रचार प्रसार संयोजक देवि हमाल नेतृत्वको टोलीसँग थालिबाट राया पुगेका त्यहाँबाट रावल कहाँ गए ? भन्ने जेठ ६ गतेसम्म नखुलेको रावलका दाइ जीवन रावलले जानकारी दिएका छन् ।
रावलले भाइको खोजी गर्न माग गर्दै जेठ २ गते प्रहरी चौकी याङ्चुमा निवेदन दिएका थिए । घरबाट वैशाख २४ गते हिँडेका रावल सम्पर्कमा नआएपछि आफन्तले खोजी गरेका थिए ।
रायाका स्थानीयले समेत प्रचार प्रसारमा आएको देखेपनि पछि रावल कहाँ गए भन्ने थाहा नभएको बताएका छन् । कार्यकर्ता बेपत्ता भएपनि काङ्ग्रेसको टोलीले यस विषयमा चासो नदिएको आफन्तहरूले आरोप लगाएका छन् ।
रावल खोज्न गएका गाउँलेले सम्पुर्ण ठाउँमा खोज्दै आएपनि केही जानकारी पाउन नसकेको बताएका छन । याङ्चु प्रहरी चौकीमा निवेदन दिएपछि जेठ २ गतेदेखि प्रहरीले खोजी कार्य सुरु गरेको याङ्चु प्रहरी चौकीका इञ्चार्ज हिरा सिंह विष्टले जानकारी दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…