निर्वाचनको अन्तिम तयारी, २ सय ८ अति संवेदनशील मतदान स्थल
यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनु भएको छ । “कर्मचारीलाई नियुक्ति पत्र, मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,”–उहाँले भन्नु भयो, –“मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गरिएको छ ।”
सप्तरीका सबै १८ पालिकाका २ सय ९७ मतदान स्थलमा व्यवस्था गरिएको ५ सय ३६ मतदान केन्द्रका लागि ५ सय ३६ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २ सय ९७ मतदानस्थल निर्धारण गरिएकोमा २ सय ८ वटा अति संवेदनशील, ८५ संवेदनशील र चार वटा मतदान स्थल सामान्यमा राखिएको छ ।
निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै १ हजार ५ सय ९४ नेपाल प्रहरी, २ हजार ९ सय ४८ म्यादी प्रहरी, ७ सय नेपाली सेना तथा ६ सय सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जिल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धतासमेत जनाएका छन् ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएर आवश्यक निर्वाचन सामग्रीसहित तोकिएको कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी रमेश जोशीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो,–“वैशाख ३० गते हुने निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा ४ लाख १२ हजार ४ सय ४५ ले मतदान गर्न पाउने भएका छन् । महिला १ लाख ९८ हजार ५ सय ३२, पुरुष २ लाख १३ हजार ८ सय ९२ जना र २१ अन्य मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी जोशीले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…