निर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने, ४१ मतदान स्थल अति संवेदनशील
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनलाई लक्षित गरी जिल्लामा दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला भर दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग समेत गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक भोजराज खतिवडाले जानकारी दिनु भयो ।
विगतका निर्वाचनमा भएका घटनहरुलाई विष्लेषण गरी जोखिमको पूर्व आंकलन गरी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनु भयो ।
साथै जिल्लामा चुनावका बेला हुन सक्ने अपराधिक घटना नियन्त्रण, चुनावी आचार संहिता पालनाका लागि समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । यसपालीको निर्वाचनमा नागरिकले ढुक्क भएर मतदान गर्ने वातावरण हुने प्रमुख जिल्ला अधिकारी खतिवडाले दावी गर्नु भयो ।
यसैगरी जिल्लाका ९४ मध्य ४१ मतदान स्थल अति संवेदनशील रहेको भन्दै सोही बमोजिम सुरक्षा रणनीति तय गरिएको छ ।
सुरक्षा संवेदनशीलताको आधारमा दोलखाका मतदान स्थलहरुलाई तिन किसिममा वर्गीकरण गरी सुरक्षा तय गरिएको छ ।
जिल्ला भरका ९४ वटा मतदान स्थल मध्य ४१ वटा अतिसंवेदनशील, ३७ वटा संवेदनशील र १६ वटा सामान्य रहेको भनी केन्द्रीय अनुन्धान ब्युरोले वर्गीकरण गरेको छ ।
मतदान स्थलहरूमा समेत संवेदनशीलताको आधारमा सुरक्षाकर्मी चरिचालन गर्ने प्रुमख जिल्ला अधिकारी खतीवडाले जानकारी दिनु भयो ।
संवेदनशील ठानिएका स्थानमा बढीमा १८ जना सम्म सुरक्षार्की परिचालन गरिने छ भने सामान्य ठानिएका मतदान स्थालमा बढीमा १५ जन सम्म सुरक्षाकर्मी परिचालन गरिने छ ।
मतदान स्थलको पहिलो सुरक्षा घेरामा म्यादी प्रहरी खटिने छन् भने दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी खटिने छन् ।
चौथो घेरामा भने नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ । साथै सबै क्षेत्रमा मोवाइल टोली समेत परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…