निर्माण सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा पनि सञ्चालन हुन सकेन अस्पताल
अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण भएको वर्ष दिन पुग्न लाग्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अन्यौल रहेको छ ।
केन्द्र सरकारले सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार निर्माण थालिएको अस्पताल भवन गत वर्ष फागुन मसान्तमा निर्माण सम्पन्न गरिएको भए पनि कहिलेबाट सञ्चालन हुने भन्ने तय हुन सकेको छैन । नेपाल सरकारले तीन वर्षअघि स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि भनेर अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही अनुरुप देशैभरका स्थानीय तहमा पाँच शैय्याको अस्पतालको शिलान्यास पनि भएको थियो ।
अस्पताल भवन निर्माण भैसके पछि सञ्चालनका लागि गर्नुपर्ने आवश्यक प्रकृया पुरा गरेर केन्द्र सम्म पुगेको भए पनि कहिले देखि सञ्चालन गर्ने भन्ने टुंगो नभएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । केन्द्र सरकारले एकै पटक शिलान्यास गरेर सुरु गरेको स्थानीय तहको अस्पतालका लागि पहिलो चरणमा एक सय अस्पताल सञ्चालन गर्ने भन्ने रहेछ, तर त्यसमा हाम्रो अस्पताल पर्छ पर्दैन एकिन भएन उहाँले बताउनुभयो ।
स्थानीय तहले गर्नु पर्ने काम गरेर केन्द्रमा ताकेता गरिएको भए पनि आवश्यक प्रकृया, जनशक्ति लगायतका काम केन्द्रबाटै हुनु पर्ने हुँदा अस्पताल सञ्चालनको कुनै टुंगो लागेको छैन ।
केन्द्र सरकारको टिओआर अनुसार अपाङ्गमैत्री पाँच शैय्या क्षमताको अस्पताल भवन भूकम्प प्रतिरोधी तवरको निर्माण भएको थियो । गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीका अनुसार केन्द्र सरकारले तोकेको मापदण्ड अनुसारका सबै चिज पुर्याएर भवन निर्माण गरिएको हो । उक्त भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ ओटा कोठा रहेको उहाँले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग ५ करोड १२ लाख ६० हजार रुपियाँमा भवन निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले भवन निर्माणलाई अगाडि बढाएको भए पनि तोकिएको समयमा नसकिए पनि थपिएको म्याद २०७९ फागनु मसान्तभित्र नै निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठुलो खर्च व्यवस्थापन गर्नुपर्ने छ, साथै अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो ।
उक्त स्थानमा अस्पताल निर्माण गर्नका लागि दोबाका वासिन्दाले १ करोड रुपियाँ भन्दा बढी पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनुका साथै प्रशासनिक कार्य र निर्माण कार्य सकिएको भए पनि अस्पताल सञ्चालनमा आउने कुनै टुंगो नलाग्दा स्थानीय चिन्तीत भएका छन् ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…