निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि पुल नबन्दा नागरिकहरूलाई समस्या

  ०८१ पुस २६ गते

स्वर्गद्वारी नगरपालिकाको ३ र ७ वडा जोड्ने माडी नदिको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा नागरिकलाई समस्या भएको छ ।

२०७३ वैशाख १६ गते निर्माण कम्पनी मृत संजिवनी/लोहनी ब्रर्दशले ९ करोड ८५ लाख रुपियाँमा २०७५ कात्तिक १५ भित्र निर्माण सक्ने गरी पुल निर्माणको लागि सम्झौता गरेको सडक डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख इन्जियिनर विसुनदास लामाले बताउनु भयो । उक्त पुल समयमा नबन्दा अहिलेसम्म पाँच पटक म्याद थप भइसकेको पछिल्लो समय थप भएको म्याद समेत कात्तिक ८ गते सकिएको कार्यालयले अब निर्माण कम्पनीले जरिबाना तिरेर २ सय दिनभित्र काम सक्नुपर्ने प्रमुख इन्जिनियर लामाले जानकारी दिनुभयो । ८० मिटर लामो पुलको आधा भाग पुल मात्र बनेको छ । निर्माण व्यवसायीले कोभिड, आर्थिक अभाव लगायतका कारण देखाउँदै समयमै काम नगरेको स्थानीयको आरोप छ ।

'वर्षात शुरु हुन लाग्दा काम गरेजस्तो गर्ने र अलपत्र पार्ने गरिएको छ । निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्तीले विकासमा समेत बाधा पुगेको छ' - स्थानीय स्वर्गद्वारी नगरपालिकाको—७ का शरद विष्टले भन्नुभयो । उहाँले उक्त पुल नबन्दा भिंगृ क्षेत्रको विकासमा बाधा पुगेको बताउनु भयो । समयमै पुल निर्माया नहुँदा निकै समस्या भौग्नु परेको स्वर्गद्वारी नगरपालिकाको—७ का ४५ वर्षीया टीका भण्डारीले बताउनु भयो । स्वर्गद्धारी नगरपालिका—५, ७ र ८ वडा गरी करिव २५ घर परिवारले पत्यक्ष लाभावित हुने पुल समयमा निर्माण नहुँदा दैनिक उपभोग्य साम्रागीहरू ढुवानी गर्न, बिरामीहरूलाई अस्पताल पुर्‍याउन लगायत समस्या परेको भण्डारीले गुनासो गर्नुभयो ।

पुल निर्माणको लागि सम्झौता भए अनुसार समएमै काम सम्पन्न भइ नागरिकहरूले सेवा सुविधा पाउनु पर्नेमा पुल अलपत्र रहेकोले निर्माण कम्पनी, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र राजनीतिकदलहरूको सर्व पक्षीय बैठक राखि छिटो भन्दा छिटो पुल निर्माण कार्य सम्पन्न गर्न पहल गरेको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले बताउनु भयो । निर्माण कम्पनीका प्रतिनिधि आनन्द लोहनीले कम्पनीले अवको चार महिना भित्र काम सक्ने प्रतिबद्धता भयको र सोही अनुसार काम हुने बताउनु भयो ।

Photo13012025Pyuthan


रविन्द्र पाण्डे