निर्माणाधीन चार ओटा स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै हुँदा सेवा प्रवाहमा समस्या
पाँच वर्षदेखि निर्माणाधीन चार ओटा स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालि सम्पर्क विहिन हुन पुगेको छ । निर्धारित समयमा भवन निर्माण नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही समस्यामा परेका छन् ।
कालिका गाउँपालिका–१ को राम्चे, उत्तरगया गाउँपालिका–३ को ठूलोगाउँ, आमाछोदिङमो गाउँपालिका–१ को हाकु र गोसाइकुण्ड गाउँपालिका–५ को स्याफ्रुबेशी स्वास्थ्यचौकी सोही कम्पनीले निर्माण थालेकोमा अलपत्र रहेकोले सेवा प्रवाह हुनै सकेको छैन । सम्झौता गरेर काम थालेपनि दुई वर्षदेखि काम अधुरो छाडेर सम्पर्कमा नआएको स्थानीय बताउँछन् ।
हाकुमा निर्माणधीन स्वास्थ्यचौकीको एक ढलान गर्न बाँकी रहेको छ । पुरानो प्रिफ्याव भवनबाट सेवा दिन समस्या छ । समयमा स्वास्थ्य संस्था भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
स्याफ्रुबेशी स्वास्थ्यचौकी भवन निर्माण अलपत्र छाडेर कन्ट्याक्टर कम्पनी सम्पर्कमा छैनन् । गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले भन्नु भयो–‘सम्झौता गरेको चार वर्ष भयो । ८० प्रतिशत काम सकिएको छ । भवनकमा रङ, शौाचालय, विद्युत वायरिङ, मार्वल राख्ने जस्ता काम बाँकी रहेको छ ।’
‘जिम्मेवार निर्माण व्यवसायी ६ महिनादेखि सम्पर्कमा छैनन् । गतवर्ष २/४ दिन काम गरेको देखिन्थ्यो । कतिबेला आउने र कतिबेला जाने थाहा नै हुँदैन । गतवर्ष म्याद थपे पनि अझै काम सम्पन्न भएन ।’–घिमिरेले भन्नु भयो ।
०७७ सालमा बनाउन सुहरू गरिएको ठूलोगाउँ स्वास्थ्यचौकी भवन अधुरो छाडेको नै दुई वर्ष भएको छ । स्वास्थ्यचौकीका सिनियर अहेब कृष्ण भण्डारीले भन्नु भयो–‘पुरानो भवनबाट दैनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्न निकै कठिन भइरहेको छ ।’
भवन निर्माण नहुँदा प्रसूति सेवा तथा अन्य स्वास्थ्य जाँच सेवा पाउन निकै समस्या परेको स्थानीय अम्बिका बिकले गुनासो गर्नु भयो । प्रमुख जिल्ला अधिकारीसमक्ष समेत गुनासो गरेको कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङले बताउनु भयो । ‘धेरै ठाउँमा काम थालेकाले सबैतिर काम अलपत्र छ । ठेकेदार सम्पर्कमा नआएको एक वर्ष बित्यो ।’–वडाध्यक्ष तामाङले भन्नु भयो ।
चारवर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्यचौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ, शौचालय निर्माणलगायतको काम छाडेर हिँडेका निर्माण व्यवसायी फर्केनन् ।
निर्माण कम्पनीसँग ताकेता गरेको भएपनि समयमा नगरेको सघन शहरी तथा भवन कार्यालय जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख बुद्धजित लामाले बताउनु भयो । भवन निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालिका प्रमुख ककनी गाउँपालिका निवासी दिपेश लामा सम्पर्कमा नभएको सघन शहरी तथा भवन कार्यालय जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख लामाले बताउनु भयो ।
समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेलगायतका प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाहहरूको माग छ ।
कन्ट्याक्टर कम्पनीले ढिलाइ गरेको तर एक पटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडर कालोसूचीमा राखिने लामाले बताउनु भयो ।
स्वास्थ्यचौकी भवन अलपत्र भएकोले बिरामीलाई उपचार सेवा दिन निकै कठिनाइ भएको राम्चे स्वास्थ्यचौकी प्रमुख रामप्रसाद ढकालले बताउनु भयो । स्वास्थ्य चौकी भवन निर्माणमा कन्ट्याटर कम्पनीले ढिलाइ गरेको विषयमा प्रमुख जिल्ला अधिकारी र कन्ट्याक्टर कम्पनीको ध्यानाकर्षण गराएको कालिका गाउँपालका वडा नं १ का वडा अध्यक्ष दावा तामाङले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले आफ्नो ध्यानाकर्षण भएको तथा सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…