निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।
विद्यालय भवन बाढीले बगाएपछि आर्थिक वर्ष ०७७ / ०७८ मा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवनका लागि ३६ लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।
भवन निर्माणको काम सम्पन्न हुँदा समेत गाउँपालिकाले पुरा रकम भुक्तानी नगरेपछि निर्माण समितिले नयाँ भनवमा पठनपाठन हुन दिएपछि विद्यार्थीहरु खुल्ला आकाशमा पढ्न बाध्य भएका हुन् ।
गाउँपालिकाको वेवास्ताका कारण विद्यार्थीहरुले भवन बन्दा पनि खोला किनारमा पढ्न बाध्य रहेको स्थानीय जनक चन्दले बताउनु भयो ।
उहाँले भन्ुन भयो– ‘कठ्याङ्ग्रिदो चिसोमा समेत विद्यार्थीहरु स्वास्थ्यलाई जोखिममा राखेर खोला छेउमै पढीरहेका छन् ।’
दुई वर्ष अगाडी बाढीले विद्यालय भवन भत्काएपछि विद्यार्थीहरुलाई खोला किनारमा आकाशमूनि पढाउन बाध्य भएको प्रधानाध्यापन निर्मला चन्दले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालयका भवन सबै बाढीले भत्कायो । अहिलेसम्म विद्यार्थीहरुलाई जोखीममा राखेर खोला किनारमै पढाउन बाध्य छौँ । सम्बन्धित निकायको चासो नै छैन् ।’ छिटो समस्या समाधान गरेर विद्यालयको पढाइमा नजरअन्दाज गर्न नहुने प्रधानाध्यापक चन्दको भनाइ छ ।
गाउँपालिकाका जनप्रतिनिधिहरुले विद्यालयमै आएर मौखिक रुपमा व्यवस्थापन समितिसँग सम्झौता गरेर काम गर्न लगाए पनि निर्माण सम्पन्न भइसक्दा समेत पुरा रकम भुक्तानी नगरेको निर्माणको जिम्मा पाएका केशव घटालले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जनप्रतिनिधि आएर मौखिक रुपमा सम्झौता गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख रुपियाँ प्राप्त भएको छ । हामीले आफ्नो लगानीमा विद्यालय भवन निर्माण गरेका छौँ । तर, पुरै रकम भुक्तानि भएको छैन् ।’
रकमको माग गर्दा गाउँपालिकाले ५८ लाख २३ हजार ७ सय १८ रुपियाँको बिल दिएको घटालको भनाइ छ ।
वास्तविक मुल्याङ्कन गरेर भुक्तानी हुनु पर्ने आफूहरुको माग रहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘भवन तयार भइसकेको छ । वास्तविक मुल्याङ्कन गरेर भुक्तानी गरिदिन माग गरिरहेका छौँ । विद्यालयमा आएर अनुगमन गरि दिन पनि गाउँपालिकालाई पटकपटक माग गरिरहेका छौँ, तर, गाउँपालिकाले चासो दिएको छैन् ।’
गाउँपालिकाका इञ्जिनियर घनश्याम मैनालीले सम्झौता अनुसारको रकम सबै भुक्तानी भइसकेको भताउनु भयो ।
उहाँले गाउँपालिकाबाट दिनु पर्ने सम्झौता अनुसारको रकम भुक्तानी गरिसकेका बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…