नियमित उडान नहुँदा बिरामी मर्कामा
नेपालगञ्जदेखि रारा विमानस्थलसम्म हवाइ सेवा दिँदै आएका निजी हवाइजहाजहरूले चैत १५ गतेदेखि केही दिनका लागि भन्दै उडानहरू रोकेर काठमाडौँबाट अन्यत्र सेवा गर्न थालेपछि अन्य सेवाग्राहीका साथै बिरामी मर्कामा परेका छन् ।
नेपालगञ्जबाट रारा विमानस्थलसम्म नियमित रुपमा उडान भर्दै आइरहेका तारा, सिता र समिट एयरलाइन्सहरूले चैत १५ गतेदेखि रारा बिमानस्थल सम्मका सबै उडान स्थगित गरी काठमाडौँबाट अन्यत्र उडान भर्न थालेपछि यहाँका नागरिकले मर्कामा परेको गुनासो गरेका हुन् ।
अहिले नेपाल वायु सेवा निगमले हप्तामा चार उडान भर्दै आएको भएपनि अहिले उडान रोक्दा यात्रु र बिरामी मर्कामा परेका रारा बिमानस्थलका होटल व्यवसायी नरबहादुर रावलले बताउनु भयो ।
नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दै आइरहेको छ । त्यसमा पनि जटिल खालका बिरामीलगायत विद्यार्थी, आपङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको निगमले जनाएको छ ।
नेपाल वायुसेवाले आइतबार, मङ्गलबार, शुक्रबार र शनिबार मात्र उडान भर्दै आइरहेको रारा विमानस्थल ताल्चाका कार्यालय प्रमुख सन्तोष कुमार गौतमले बताउनु भयो ।
अति आवश्यक भएका कर्मचारी तथा बिरामीका लागि हरेक उडानमा दुई सिट सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भयो ।
बिरामीलाई तत्कालै सुविधा सम्पन्न अस्पातलमा पुर्याएर उपचार गर्न नसके ज्यानै जानसक्ने हुँदा बिरामी मर्कामा पर्ने गरेका जिल्ला अस्पातल मुगुका डाक्टर अर्जुन भामले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…