निगरानी समूहको ध्यानाकर्षणपछि स्थानीय सरकार बोटे कुमाल बस्तीमा पुग्यो
मानवअधिकार निगरानी समूहको ध्यानाकर्षणपछि बगनासकाली गाउँपालिका र गाउँपालिकामा रहेको कृषि शाखाले जिल्लाका बोटे कुमाल तथा अन्य विपन्न समुदायलाई कृषि र पशुपालनमा संलग्न गराउन स्थलगत कार्य थालनी गरेको छ ।
इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहले माघ १९ गते बगनासकाली गाउँपालिकालाई बोटे तथा कुमाल र अन्य विपन्न समुदायको आर्थिक सामाजिक विकासका लागि उनीहरूलाई कृषि तथा पशुपालनमा ल्याउन विशेष कार्यक्रम बनाउन अनुरोधसहित ध्यानाकर्षणपत्र बुझाएको थियो ।
निगरानी समूहको ध्यानाकर्षण पछि बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङ्ग, वडा नं. ६ यम्घाको दर्पुकमा रहेका बोटे समुदायलाई सङ्गठित गरी उनीहरूलाई कृषि कार्यमा प्रेरित गरिएको कृषि शाखा प्रमुख सन्तोष जिसीले बताए ।
उनीहरूलाई पहिलो चरणमा तरकारी किट वितरण गरिएको छ । त्यस्तै बगनासकाली गाउँपालिका-१ चिर्तुङधारा र पोखराथोकका ६० घर कुमाल समुदायलाई सङ्गठित गरी उनीहरूलाई उन्नत जातको तरकारी किट समेत वितरण गरिएको जिसीले बताए ।
उनीहरूलाई सङ्गठित गरिएको र समूहगत तालिम समेत प्रदान गरी कृषि तथा पशुपालनलगायतमा लगाएर उनीहरूको आर्थिक सामाजिक सवलीकरण गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…