निकुञ्ज कार्यालयमा तोडफोड, कार्यालय प्रमुखलाइ मार्ने धम्की

  ०८१ वैशाख १७ गते

नेपाली काँग्रेस निकटका भातृ संगठनका कार्यकर्ताहरूले वैशाख १४ गते लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले कार्यालयमा प्रवेश गरी टेबुल तथा कुर्सी तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई मार्ने धम्की दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनु भयो ।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, पार्टीका क्षेत्रीय सभापति, जिल्लाका प्रतिनिधिहरूको करिब ६०÷७० जनाको समूह टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेर तोडफोड गर्नुको साथै धम्की दिएका थिए ।

परिवारसहित गोसाइकुण्ड यात्रामा रहेका लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई नेविसंघका  जिल्ला सचिव बताउने सुन्दर अधिकारीले बिना कारण मार्ने धम्की दिएको बताउनु भयो ।

नेबिशंघको जिल्ला सचिव अधिकारीले अपरचित नम्बरबाट फोन गरी २४ घण्टाभित्र जिल्ला नछाडे मार्ने धम्की दिएको निकुञ्ज प्रमुख बरालले बताउनु भयो ।

सदरमुकाम धुन्चेमास्थित निकुञ्ज कार्यालयमा तोडफोड गरी नेपाली काँग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष मागपत्र पेस गरेका थिए ।

मागपत्रमा निकुञ्ज प्रमुखले आफूखुसी वातावरणीय प्रभाव मूल्यांकन गरेको, स्थानीय तहसँग समन्वय नगरेको, मध्यवर्ती कोषको रकम मनलागी खर्च गरेको, मनलागी कर्मचारी भर्र्ती गरिएको लगायतको विषयमा आपत्ती जनाएका थिए ।

दुवै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बेधनिधी खनालले बताउनु भयो ।


हेमनाथ खतिवडा