निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण तथा कार्यान्वयन
दुहुँ गाउँपालिकाले संविधानप्रदत्त माध्यमिकसम्मको शिक्षा निःशुल्क सञ्चालन गर्न निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
गाउँपालिकाले आफ्ना क्षेत्रधिकार भित्र रहेका सबै सामुदायिक विद्यालयमा कुनै पनि कसिमको शुल्क लिन नपाउने गरी कार्याविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।
बिगतमा विद्यालयले विद्यालय सञ्चालन शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क, पाठ्पुस्तक, पुस्तकालय, खेलकुद लगायतका शुल्क विद्यार्थीबाट लिदै आएको थियो । गाउँपालिकाको जेठ १७ गते बसेको कार्यपालिका बैठकबाट विद्यालयले कुनै पनि नाममा शुल्क नउठाउने निर्णय समेत गरेको थियो ।
दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई आएको शिक्षाको अधिकार कार्यान्वयन गर्नको लागि विद्यार्थी र अभिभावकबाट लिइने शुल्क निशुल्क गराएको हो ।
अध्यक्ष बडालले भन्नु भयो –’मेरो लक्ष्य संविधानले दिएको अधिकार कार्यान्वय गराउने हो । स्थानीय तह सञ्चालन ऐन २०७४ ले पनि माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । ऐनलाई कार्यान्वयनमा ल्याउने र जनताका आधारभूत आवश्यकता पुरा गर्नको लागि मैले काम गर्दै छु ।’
गाउँ कार्यपालिकाको २०७९ असोज १७ गतेको बैठकबाट कार्यविधि राजपत्रमा प्रकाशित गरी अहिले गाउँपालिकाभरीका सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा कार्यक्रम लागु गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दुहुँ गाउँपालिका भित्र १९ ओटा सामुदायिक विद्यालय छन् । यो कार्यविधि कार्यान्वयनमा ल्याएर अभिभावकलाई आर्थिक बोझ कम गरिएको छ । कार्यविधि लागुु भएपछि विद्यालयले अर्धवार्षिक परीक्षा सञ्चालन गरेको छ । विद्यार्थीलाई शिक्षा शाखाबाट कापी र शैक्षिक सामग्री समेत उपलब्ध गराइएको छ ।’
अधिकारकर्मी नारायण जोशीले सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भने पनि स्थानीय तहले कार्यान्वयन गर्न नसकेको कारण अहिले पनि जिल्लाका अन्य विद्यालयहरुले विद्यार्थी र अभिभावकबाट विभिन्न शुल्क उठाउँदै आएको बताउनु भयो ।
उहाँले दुहुँ गाउँपालिकाले गरेको कार्य प्रंशसनीय कार्य भएकोले जिल्लाका अन्य स्थानीय तहले पनि राम्रो अभ्यासको सिको गर्नु पर्ने बताउनु भयो ।
अभिभावक र विद्यार्थीबाट उठाउँदै आएको शुल्क गाउँपालिकाले निःशुल्क गराएपछि अभिभावक पनि खुसी भएका छन् । विद्यालयले लिने शुल्कका कारण अभिभावक पनि समस्यामा परेका थिए । स्थानीय जङ्गबहादुर बमले भन्नु भयो, अहिले स्थानीय सरकारले विद्यालयले लिने सबै शुल्क हटाएपछि अभिभावकलाई पनि सहज भएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…
नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०…