निःशुल्क औषधि दुई वर्षसम्म पनि गाउँमा पुगेन
सरकारले आर्थिक वर्ष २०७१/०७२ मा '७० प्रकारका औषधि निःशुल्क रूपमा गाउँ पुर्याउने' घोषणा गरेको भएपनि दुई वर्षबितिसक्दा पनि ती औषधि अझै ग्रामीण स्वास्थ्य संस्थासम्म पुग्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि ४० प्रकारका औषधि थपेर वितरण गर्न सरकारले घोषणा गरेको थियो ।
तर, केन्द्रबाट आउने बजेटको अनियमितता र टेण्डर प्रक्रियामा हुने ढिलाइले निःशुल्क प्रदान गर्ने भनिएका औषधि आर्थिक वर्ष ०७३/०७४ को मङ्सिर सम्ममा पनि गाउँका स्वास्थ्य संस्थासम्म नपुगेको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक मोहम्मद दाउदले बताए ।
'सरकारले प्राथमिक स्थास्थ्य केन्द्रबाट ५८ प्रकारका, स्वास्थ्य चौकीबाट ३५ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि बिरामीहरूलाई निःशुल्क उपलब्ध गराउने भनेको थियो ।'-दाउदले भने-'सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट, त्यसको निकासा तथा कार्यान्वयन र देशको राजनीतिक अस्थिरताले गर्दा ठेकेदारले औषधि आपूर्ति गर्न ढिलाइ गर्नुले निःशुल्क गर्ने भनिएका सबै औषधि स्वास्थ्य संस्था सम्म पुर्याउन सकिएको छैन ।'
चालु आर्थिक वर्षदेखि स्वास्थ्य सेवा विभागले खरिद गरेर दिने औषधि क्षेत्रीय निर्देशनालय र जिल्ला जन स्वास्थ्य कार्यालयलाई नै खरिद गर्न दिने व्यवस्था मिलाइएको निर्देशक दाउदले जानकारी दिए ।
४४ ओटा स्वास्थ्य चौकी, चार प्राथमिक स्वास्थ्य केन्द्र, चार नगर स्वास्थ्य केन्द्र, पाँच सामुदायिक स्वास्थ्य इकाइ, एक मातृशिशु केन्द्र र एक जिल्ला अस्पताल रहेको इलाममा अहिले पर्याप्त औषधि नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए ।
'अहिले इलाममा ४० प्रतिशत औषधि कमी छ । निःशुल्क वितरण गर्ने भनिएका सबै औषधि छैनन् ।'-मल्लले भने-'भरखर ठेक्का प्रक्रिया सुरु गरेका छौं । अझै सबै औषधि आउन केही समय लाग्छ ।'
उच्च रक्तचापका बिरामीले प्रयोग गर्न तीन प्रकारका औषधि, प्रारम्भिक अवस्थाका मनोरोगीले प्रयोग गर्ने दुई प्रकारका औषधि, छारेरोगको एउटा र बाथरोगको एउटा औषधि पनि निःशुल्क दिइनेको सूचीमा छ । मुटुरोग, थाइराइड्स र एन्टिबायोटिकजस्ता औषधि पनि निःशुल्कको सूचीमा छन् । तर, यी सबै औषधि नहुँदा सम्बन्धित रोगका रोगीहरूले मेडिकलहरूबाट किनेर खाँदै गरेको स्वास्थ्य संस्थाले जनाएका छन् ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…