नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा लिन आउनुभएका सेवाग्राहीहरू मर्कामा परेको अस्पतालका प्रशासन शाखा प्रमुख डा. शुशिल यादबले बताउनुभयो ।
प्रशासन प्रमुख डा. यादबले “अस्पतालमा रेडियोलोजिस्टको दरबन्दी पाएका डा. दिवश सापकोटा भरतपुर सरकारी अस्पतालमा काजमा छन् । यता मेडिकल अफिसर डा. पुस्पराज अधिकारीले रेडियोलिजिस्टको कार्य गरिरहेका छन् । जसका कारण दिनहु अस्पतालमा भिडियो एक्स-रे, सिटी स्क्यान, एमआराआई सेवाका लागि आउनुहुने ७० देखि ८० जना भन्दा बढी सेवाग्राहीहरूमा २५ देखि ३० जनालाई मात्र सेवा दिन सकिरहेको” जानकारी दिनुभयो ।
वीरगञ्ज महानगरपालिका-१६ की २२ वर्षीया रितु देवि यादबले “गर्भवती जाँचका लागि भिडियो एक्स-रे गर्न यस अस्पतालमा ४ सय रुपियाँ मात्र लाग्दछ । तर, बाहिर निजि अस्पतालमा जाँदा ९ सय रुपियाँ भन्दा बढी तिर्न बाध्य छौं । बिहान कमाएर ल्याएपछि बेलुकाको छाँक टार्ने हामी जस्ता कयौं गरीब मानिसहरू चिकित्सक नहुँदा मर्कामा परेका छौं” भन्नुभयो ।
काजमा गएका विशेषज्ञ चिकित्सकहरूलाई फिर्ता पठाउन मन्त्रालयसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमालाल दासले जानकारी दिनुभयो । डा. दासका अनुसार नारायणी अस्पतालमा दरबन्दी पाएका रेडियोलोजिस्ट डा. दिवश सापकोटा भरतपुर अस्पताल, ग्यास्ट्रोलोजिस्ट डा. अरुण ज्ञवाली मुख्या मन्त्री कार्यलय, लुम्बिनी प्रदेश, नेफ्रोलोजिस्ट डा. नरेश ढकाल वीर अस्पताल, डेन्टल सर्जन डा. वर्षा थापा लुम्बिनी प्रदेश, छाला रोग विषेशज्ञ डा. आनन्द नेपाल पोखरा क्षेत्रीय अस्पताल, अर्थोपेडिक सर्जन डा. भरत बहादुर खत्री र इएनटी सर्जन डा. सोनिकाधारी श्रेष्ठ वीर अस्पतालमा काजमा छन् ।
त्यसैगरी, काजमा गएका विशेषज्ञ चिकित्सकहरूलाई मन्त्रालयको ०८१ माघ २८ गतेको निर्णयले दरबन्दी भएको अस्पतालमा गइ सेवा दिन आदेश दिएको एक साता बितिसक्दा पनि चिकित्सकहरू हाजिरी गर्न र रमना लिन नआएको डा. दासले बताउनुभयो ।
विशेषज्ञ चिकित्सकको अभावका कारण सेवाग्राहीहरूमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन समितिले करारमा चिकित्सक राख्न पहिलो पटक ०८१ कात्तिक ११ गते आवेदन आव्हान गरेकोमा कसैबाट पनि आवेदन नआएपछि दोस्रोपटक माघ ४ गते आवेदन करार चिकित्सकका लागि आव्हान गरेको थियो । जस अनुसार प्याथोलोजि तर्फ डा. कामना साह र अपरेसन बिभागमा डा. भास्कर साह छनौट भई फागुन १ गतेदेखि नियुक्ति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धिरज गुप्ताले जानकारी दिनुभयो ।
चिकित्सकको अभावका कारण यस अस्पतालमा सेवा लिन आएको सेवाग्राहीहरू सेवा नलिई फर्केको देख्दा दुःख लागेको अस्पतालका प्रशासन शाखा प्रमुख डा. शुशिल यादबले बताउनु भयो । यस विषयमा मन्त्रालयसँग समन्वय गरी छिटोभन्दा छिटो समस्याको समाधान गर्ने उहाँले आश्वासन दिनुभयो ।
इन्सेक मधेस प्रदेश
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…