नाम र ठेगाना नखुलेकी एक युवती मृत अवस्थामा फेला
हत्या गरिएको अवस्थामा करिब २० वर्षीया महिलाको लाश बोरिया गाविस-१ स्थित कोशी दक्षिण नहर पश्चिम घोडदह खोलादेखि पूर्वको चौरमा असोज २२ गते फेला परेको छ ।
पीडित महिलाको अनुहारमा ठूलो ढुङ्गाले प्रहार गरी हत्या गरिएको अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमप्रसाद ढकालले बताए । ढकालका अनुसार पीडित महिलाको शरीरभरी निलडाम र घटनास्थल रक्ताम्य थियो ।
घटनाबारे अनुसन्धान सुरु गरी आरोपितहरूको खोजतलास भइरहेको पनि एसपी ढकालले बताए । बलात्कारपछि हत्या गरेको हुन सक्ने सम्भावना व्यक्त गर्दै एसपी ढकालले नाम ठेगाना नखुलेकी पीडित महिलाको शवको पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए ।
मनोहर कुमार पोखरेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…