नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू
पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् ।
कारागारमा रहेका पुरुष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँका साथै विभिन्न मेला महोत्सवहरूमा विक्री हुने गरेको बन्दी चौकीदार विष्णुप्रसाद श्रेष्ठले बताए ।
कारागारमा १ सय भन्दा बढी बन्दीहरूले बिहानदेखि साँझसम्म दाम्लो र नाम्लो बाट्ने गरेको श्रेष्ठले बताए । उनले भने-"बन्दीहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ मैले नै उपलब्ध गराउने गरेको छु र उनीहरूका उत्पादन पनि उनीहरूलाई फाइदा दिएर मैले नै बजारमा पठाउने गर्छु" यसरी आयआर्जनका काममा लागेका बन्दीहरू खुशी रहेकोसमेत उनले सुनाए ।
यसरी काम गरेर बन्दीहरूले मासिक रूपमा १० हजार रुपियाँसम्म फाइदा लिने गरेको अर्का बन्दी खगु बस्यालले बताए । कारागार भित्र रहेको पुस्तकालयको समेत व्यवस्थापकको काम गर्दै आएका बस्यालले यसरी काम गर्दा बन्दीहरू ब्यस्त हुने बताए । "आयआर्जनको काम गर्नेहरू काममै ब्यस्त हुन्छन् काम नगर्नेहरूले पनि पुस्तकालयमा रहेका पुस्तक तथा पत्रपत्रिकाहरू अध्ययन गर्छन् ।"-बस्यालले भने ।
कारागारकी जेलर सुजाता कार्कीले पुरूष बन्दीहरूतर्फ आयआर्जनका लागि काम भएको तर महिला तर्फत्यस्तो हुन नसकेको बताइन् । बन्दीहरू त्यसै गफ गरेर बस्नुभन्दा आयआर्जनका काममा लाग्दा राम्रो भएको उनको अनुभव छ । हाल यो कारागारमा २ सय ८ पुरूष बन्दी र ५३ महिला बन्दी रहेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…