नाम्खा गाउँपालिकाका स्थानीयले दुई वर्षदेखि खाद्यान्न नपाएको गुनासो
नाम्खा गाउँपालिका-१ देखि ६ वडाका स्थानीयबासीले ०७३ सालदेखि नै खाद्यान्न नपाएको गुनासो गरेका छन् । सरकारद्वारा ढुवानी अनुदानको खाद्यान्नमा समस्या भएपछि नाम्खा गाउँपालिकाका सबै वडामा खाद्यान्नको समस्या भएको स्थानीयबासी साङ्गे लामाले गुनासो गरेका छन् । उनले भने-'हुम्लामा खाद्यान्न नपाइएपछि चाइनाबाट ल्याइएको पिठो खाने गरेका छौँ ।'
नेपाल सरकारको लापरवाहीले हुम्ली जनता खान पाउने अधिकारबाट वञ्चित हुनुपरेको स्थानीयबासी नागमेल लामाले बताए । उनले भने-'नाम्खाका हजारौँ स्थानीयलाई दुई वर्षबितिसक्दासम्म पनि खाद्यान्न नपाउनुको कारण के हो ? राज्यले पनि सौतेनी व्यवहार गर्न त नमिल्ला नि !'
'खाद्यान्नको लागि सदरमुकाम सिमकोटमा जाउँ भने पनि हप्ता दिन लाग्छ, बाटोमा खर्च गर्ने रुपियाँ समेत हुँदैन हामी दुरदराजका गाउँमा रहेका स्थानीयलाई सरकारी सेवा सुविधाबाट पनि वञ्चित गराएको छ ।'-स्थानीयको गुनासो छ ।
समयमा जानकारी नहुँदा विभिन्न सामाजिक सुरक्षा भत्ता समेत बेलैमा पाउन नसकेको उनीहरूको गुनासो छ ।
खाद्य संस्थानको पैदल मार्गको खाद्यान्न चिनको केरुङ नाकाबाट लासा हुँदै हिल्सा पुग्नु पर्ने भएता पनि हालसम्म खाद्यान्न नपुग्दा समस्या भएको स्थानीयको आरोप छ ।
जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय अनुसार नाम्खा गाउँपालिकामा खाद्यान्न वितरणका लागि हिल्सामा खाद्य गोदाम राखेको छ । एक वर्षमा कम्तीमा पनि सो केन्द्रमा ४ हजार क्वीन्टल चामल पुग्नु पर्ने हो, तर १ हजार २ सय क्वीन्टल खाद्यान्न पनि बिच बाटोमै रोकिएको नेपाल खाद्य संस्थान शाखा कार्यालय सिमकोटले जनाएको छ ।
हिल्सामा पर्याप्त मात्रामा खाद्यान्न नभएपछि वडा नं. ४, ५ र ६ का ५ सय ४० घरधुरी प्रत्यक्ष मर्कामा परेको स्थानीयबासी कर्मा लामाले बताए ।
नागरिकता र सिमा पास बाहेक राज्यबाट उपलब्ध हुने अन्य सेवा र सुबिधाबाट पनि वञ्चित भएको लामाले गुनासो गरे ।
त्यस्तै नाम्खामा कार्यरत सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि, विद्यार्थीलगायतका व्यक्तिले पनि खाद्यान्न नपाएको गुनासो गरेका छन् ।
यस विषयमा खाद्य संस्थान शाखा कार्यालय सिमकोटलाई बुझ्दा कार्यालय प्रमुख रामबहादुर विष्टले भने गोर्खा जिल्लाबाट सरुवा भई आएको एक हप्तामात्र भएकाले सबै समस्या बुझन बाँकी नै रहेको बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…