नाम्खा गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि खाद्यन्न नपाएको गुनासो
हुम्ला जिल्लको नाम्खा गाउँपालिकामा रहेका स्थानीयबासीले नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यन्न जन्मेदेखि नपाएको गुनासो गरेका छन् ।
हिमाल पारीको गाँउका रूपमा चिनिँदै आएको नाम्खा गाँउपालिका-६ (साविकका तीन वडा बस्ती)का बासिन्दाहरूले नागरिकता र सीमा पास बाहेक अन्य कुनै पनि सेवा सुविधा नपाएको सोही गाउँपालिका-६ का ज्ञालजन लामाले बताए ।
सात ओटा गाँउपालिकाका ४३ वडाका बासिन्दाले राज्यबाट पाउने सुविधा पाएको भए पनि नाम्खा गाउँपालिका-६ का स्थानीयबासीले भने 'नुनदेखि सुनसम्म' कुनै सेवा सुविधा नपाएको बताएका छन् । उक्त स्थान सदरमुकाम सिमकोटबाट पैदल हिँडेर चार दिन लाग्ने गर्दछ ।
राज्यबाट उपलव्ध हुँदै आएको नागरिकता र पासपोर्ट बनाउनकै लागि पनि सदरमुकाम पुगेर १० दिन लगाएर २० हजार खर्च गरेर घर फिर्ता हुने गरेको स्थानीबासी छेराप तामाङले गुनासो गरे ।
नेपाल सरकारले उपलब्ध गराउँदै आएको नुन, चामल र सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधाबाट वञ्चित भएको नाम्खा-६ लिमी कि छेजोर तामाङले बताइन् ।
राज्यले स्थापना गरेका स्वास्थ्य चौकीमा खटिएका स्वास्थयकर्मी समेत नजाँदा बिरामी भएको बेला पनि ताक्लाकोटमा जानु परेको दुखेसो गरेका छन् ।
सरकारवाट ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको नुन र चामल पनि वर्षेनी २० हजार क्वीन्टल जिल्लामा भित्रिने गरेको भए पनि झण्डै २ सय १७ घरधुरी भएको लिमीमा एक केजी पनि नपुग्ने गरेको नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णु लामाले बताए ।
भुगोलले गर्दा ढुवानी गर्न समस्या भएको बताउँदै अध्यक्ष लामाले राज्यले दिने ढुवानी अनुदानको चामल तथा नुन लिन सिमकोट आउने हो भने त्यसको ढुवानी जोड्दा मुल्य तेब्वर पर्ने भएकै कारण उनीहरूले चिनिया खाद्यान्न प्रयोग गर्ने गरेको बताए । सिमकोटबाट लिमीसम्मको ढुवानी व्यवस्था राज्यले गर्नु पर्ने स्थानीयबासीको माग रहेको छ ।
लिमीमा फल्ने उवा (नाफल) फापर, तोरी र चोतोलगायतका अन्न तथा तरकारीले तीन महिनाभन्दा नपुग्ने भए पछि असोज-कात्तिकदेखि नै स्थानीयले चिनीया खाद्यान्न तथा लत्ता कपडा ढुवानी गर्ने गरेको स्थानीयबासीले बताउने गरेका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…