नाबालिका छोरीको हत्या गरी आमाद्वारा आत्महत्या
पिपरिया–३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारी पण्डितको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पुस १८ गते घरको ढोका बन्द गरी गुन्द्रदेवीले १३ वर्षीया छोरी पुजाकुमारी, चन्दा कुमारी, तीन वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि विष सेवन गरी आत्म हत्या गरेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।
छोरालाई भैँसी चराउन पठाएर छोरीहरूलाई विष खुवाएर आफूले पनि विष सेवन गरेको इन्स्पेक्टर कार्कीले बताए । ‘छिमेकमा झै–झगडा भएको छैन । पति काम गर्न बाहिर गएका थिए ।’–इन्स्पेक्टर कार्कीले भने–‘आर्थिक अवस्था कमजोर देखिएको छ । छोरी पाँच जना छन् । छोरीलाई तीलक (दाइजो) दिनसक्ने क्षमता देखिँदैन । छोरीहरूको विवाह गर्न समस्या होला भनेर घरको ढोका भित्रैबाट चुकुल लगाएर एकै ठाउँमा छोरीहरूलाई बसाएर विष सेवन गरेको घटना स्थलको प्रकृति देखिन्छ ।’
विष सेवनबाट अशक्त भएका उनीहरूलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष सेवनबाट असक्त भएकी पुजाकुमारी र राधाकुमारीको उपचार मलङ्गवामा सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको स्वास्थ्यमा सुधार भएको प्रहरीले जनाएको छ ।
मृतक आमा छोरीको शव पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्ररम्भिक अनुसन्धानको क्रममा मृत्युको कारण गरिबी भएको घटना स्थाल पुगेका डिएसपी सिताराम रिजालले बताए । घरमा एक बोरा धान र एउटा भैँसी मात्र सम्पत्ति भएकी गुन्द्रादेवीले पाँच छोरी र एक छोराको पालनपोषन तथा छोरीको विवाह सम्भव नदेखेरै आत्महत्याको बाटो रोज्न बाध्य भएको प्रारम्भिक अनुसन्धानमा देखिएको रिजालको भनाइ छ ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…