नाबालक दुई छोराको हत्या गरेको कसुरमा सौतेनी आमालाई जन्मकैद
हाडहाडेकी -९ का ७ वर्षीय विवेक पुन र ५ वर्षीय विक्रमको हत्या गरेको कसुरमा सौतेनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले पुस ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले आरोपित शान्तालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला न्यायाधिवक्ता कैलाश केसीले जानकारी दिए । फैसलासँगै उनी जेल चलान भएकी छन् ।
०७२ माघ ६ गते विवेकलाई खानामा विष खुवाएर र विक्रमलाई घाँटी थिचेर हत्या गरेको कसुरमा शान्तालाई जन्मकैदको फैसला सुनाइएको अदालतले जनाएको छ ।
ज्यानसम्बन्धी महलको १३ (२) र (३) अनुसारको कसुर गरेको ठहर हुन आएकाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधिवक्ता केसीले बताए ।
मुलुकी ऐनको १३ (२)मा हत्या गर्ने योजनाले विष वा विषालु पदार्थ खुवाएमा र १३ (३) अनुसार हत्या गर्ने उद्देश्यले साना हतियार प्रयोग गरेको वा थिचेको वा दबाएको पाइएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…