नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया हरिमाया रावलले एक वर्ष अघि माइतीघर दैलेखको गुराँस गाउँपालिका–२ लम्चुरीमा हत्या गरेको भन्दै उक्त फैसला अदालतले गरेको छ ।
तीन वर्षीया छोरी मुना सार्कीलाई बिष खुवाई हत्या गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट हरिमायालाई मुलुकी अपराध सहिंताको दफा १३७ बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
घरपरिवारसँग असमझदारी भएपछि माइतीघरमा बस्दै आएकी हरिमायाले भाउजुसँगको विवादमा पीडा बोध गरी आफू र छोरी समेतसँगै मर्ने उद्देश्यले ०७८ माघ २७ गते तरकारीका लागि घरमा राखिएको ‘मेटासिट’ नामको बिषादी खाएकोमा उपचार चल्दै गर्दा ०७८ फागुन ४ गते छोरीको मृत्यू भएको थियो ।
माइतीमा बसेको बेला अरु कुनै बाहनामा नाबालिकालाई बिष खुवाई हत्या गरिएको घटना क्षमा योग्य नहुने भन्दै हरिमायाकी सासु डिलसरा सार्कीले जिल्ला प्रहरी कार्यालय, दैलेखमा ०७८ फागुन ४ गते उजुरी दिएपछि उसै दिन हरिमायालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
मृतक बालिकाको शव परीक्षण कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा फागुन ४ गते भएको थियो । प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा फागुन २७ गते कर्तव्य ज्यान सम्वन्धी अभियोग दर्ता गराएको थियो ।
६ वर्ष अघि दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुरका उतिबेला १९ वर्षीय प्रबीण सार्कीसँग दैलेखको गुराँस गाउँपालिका–२ लम्चुरीकी हरिकला रावलले त्यसबेला आफू १६ वर्षीया छँदा विवाह भएको थियो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…