नापी कार्यालयमा शक्तिशाली बम विष्फोट
राजविराज नपा-८ स्थित नापी कार्यालयमा वैशाख २९ गते दिउँसो चार बजे शक्तिशाली बम विष्फोट भएको छ ।
कार्यालय बन्द रहेको समयमा कार्यालयस्थित ग्यारेजमा गराइएको कुकर बम विष्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।
विष्फोटबाट मानवीय क्षति नभएपनि ग्यारेजमा रहेको साइकल क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका एसपी अनुराग द्विवेदीले जानकारी दिए ।
सुरक्षा समितिको वैशाख २८ गतेको बैठकले प्रत्येक कार्यालय र सम्वेदनशील क्षेत्रमा सुरक्षाकर्मीहरूलाई पालो पहरा दिने निर्णय अनुरूप सुरक्षाकर्मीलाई खटाइए पनि सशस्त्र समूहले मौका छोपेर बम विष्फोट गराएको बताउँदै एसपी द्विवेदीले सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताए ।
यसअघि राजविराजमा फेला परेका बमहरू नेपाली सेनाको टोलीले निष्क्रृय पार्दै आएकोमा वैशाख २९ गते दिउँसो ठूलो आवाजका साथ शक्तिशाली बम विष्फोट भएपछि व्यापारी तथा नगरबासी आतङ्कित बनेका छन् ।
कार्यालय, विद्यालय, घर र पसलहरूमा समेत बम राख्ने गरेको पाइएपछि सदरमुकाम राजविराजका लागि सुरक्षा चुनौती थपिँदै आएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…