नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यको खाँचो
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य भएमात्र सरकारले परिकल्पना गरेको 'सुखी नेपाल र समृद्ध नेपाल' को अभियानले सफलता हासिल गर्ने सरोकारवालाहरूले बताएका छन् ।
इन्सेकको आयोजनामा मङ्सिर ९ गते विदुरमा भएको 'नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती' विषयक कार्यक्रमका सहभागीहरूले नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यबाट नै नागरिकले पाउने सेवा प्रभावकारी हुने बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य भएमात्र स्थानीय आवश्यकताको सरकारले सहज रूपमा परिपूर्ति गर्न सक्ने बताए ।
उनले नागरिक सङ्घसंस्थाहरूले पनि स्थानीय सरकारको आवश्यकतालाई ध्यान दिएर सामाजिक कामहरू गरेर सकारात्मक नतिजा आउने बताए । सांसद खतिवडाले भने-'नागरिक समाज भन्दैमा स्थानीयको हितविपरीत काम गर्नेसँग सहकार्य गर्नुपर्छ भन्ने छैन । तर, समग्र नागरिकको हितका काम गर्न चाहने, यस्ता योजनाहरू बनाउनेलाई स्थान दिनुपर्छ ।'
कार्यक्रममा विदुर नगरपालिकाको प्रतिनिधित्व गरी सहभागी भएका वडा-४ का अध्यक्ष टलकमान श्रेष्ठले नागरिकले आफ्नो आवश्यकता सहज ढङ्गले पुरा गराउने पहिलो सरकार स्थानीय सरकार नै भएकाले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा जस्तोसुकै चुनौतीलाई पनि अवसरका रूपमा परिवर्तन गराउन सकिने बताए ।
किस्पाङ गाउँपालिका-१ का वडाअध्यक्ष आइत घलेले कार्यक्रममा नागरिक समाजको अगुवाइको कारण स्थानीय सरकारले पारदर्शी भएर काम गर्न सक्ने भएकाले सहकार्य आवश्यक रहेको बताए । उनले हरेक चुनौतीहरूलाई अवसरको रूपमा रूपान्तरण गर्न सहकार्यको विकल्प नभएको बताए ।
त्यस्तै कार्यक्रममा नेपाल नागरिक समाजका जिल्ला अध्यक्ष बाबुराम लामिछानेले स्थानीय सरकार नागरिकको दैलोमा, आँगनमा भेटिने अवस्था आएकोले नागरिक समाजसँगको सहकार्यले धेरै अवसरहरू सिर्जना गर्ने बताए ।
कार्यक्रममा गैससकर्मी लक्ष्मी फुयाँलले नागरिक समाज र स्थानीय सरकारले एकअर्कालाई परिपुरकको रूपमा लिएमा सरकारले समृद्धिको योजनाहरू कार्यन्वयन गराउन सहज हुने बताइन् ।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहहरूलाई नागरिक समाजसँग सहकार्य गरी आफ्ना गतिविधिहरू जनतासमक्ष लैजान आग्रह गरेका थिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…