नागरिक तथा राजनीतिक अधिकारको सम्मान गरः मानव अधिकार आयोग
देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
'स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरूलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोग सरकारको ध्यानाकर्षण गराउँदछ । सुरक्षाकर्मीहरूले हिजो शनिबार नवलपरासीको परासी बजारको बुद्धचोकमा राजपा नेपालद्वारा आयोजित कार्यक्रममा लाठीचार्ज, अश्रुँग्यास प्रहार तथा गोली प्रहार गर्दा ४ जना घाइते भएको तथ्य समेतबाट हामी गम्भीर भएका छौँ ।'-जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेपालगञ्ज, जनकपुर, सुनसरी, विराटनगरमा समेत गिरफ्तारीका सूचना प्राप्त गरेको उल्लेख गर्दै आयोगले सुरक्षाकर्मीहरूलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।
'आन्दोलनकारी दल राजपालाई समेत अन्य नागरिकको निर्वाचनमा भाग लिन पाउने अधिकारलाई समेत अवरोध नगर्न, राजनीतिक दलका प्रचार सामग्री जलाउने जस्ता कार्यसमेत नगर्न, निर्वाचनको कार्यक्रम नबिथोल्न र आफ्ना आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण र अहिंसात्मक बनाउन आयोग आग्रह गर्दछ ।'-विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…