नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८० जेठ २६ गते यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै नागरिकता विधयेकसम्बन्धी मन्त्रिपरिषदको जेठ १२ गते राष्ट्रपतिलाई गरेको सिफारिसको निर्णय र राष्ट्रपतिले जेठ १७ गरेको नागरिकता विधेयकको प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकविरूद्ध बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतले सर्वोच्च अदालतमा जेठ १८ गते रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमाथि जेठ २१ गते सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले प्रमाणित भएको विधेयक तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई छलफल गर्न जेठ ३० गते बोलाएको छ ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…