नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ ।
तामाङका पति कर्णबहादुर तामाङले हस्तकुमारीलाई नागरिकता नबनाइ दिएको ३० वर्ष बितिसकेको छ । पतिले नागरिकता नबनाइ दिएको र माइती पक्षले समेत सानै उमेरमा विवाह गरेका कारण आफूले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेको हस्तकुमारीले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नुभयो ।
साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङमा हस्तकुमारी बस्दै २० वर्ष भइसकेको छ । तर, पतिले दोस्रो विवाह गरेर भोजपुर बस्दै आएका कारण आफूलाई नागरिकता नबनाइ दिएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु परेको गुनासो पीडितको छ ।
हस्तकुमारीका ३४ वर्षीय एक छोरा र ३१ वर्षीया एक छोरी हुनुुहुन्छ । हस्तकुमारीले भन्नुभयो-छोरा र छोरीको नागरिकता बन्यो, विवाह भयो, मेरो नागरिकता बनेको छैन । हस्तकुमारीले नागरिकताको प्रमाणपत्र बनाउन पटक पटक वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि काम नभएको गुनासो गर्नुभयो ।
सुनाइसम्बन्धी अपाङ्गता हुुनु भएकी हस्तकुमारी सामान्य हिड्डुल गर्न मात्र सक्नु हुन्छ । नागरिकता बनाउन धाउँदा विवाह दर्ता चाहिने भनेर फर्काउने गरेको उहाँको गुनासो छ । ०३७ सालमा कर्णबहादुरसँग विवाह गर्नुभएकी हस्तकुमारीले पतिले विवाह दर्ता गर्न नमान्दा र विवाह दर्ता नगराउँदा बुढेसकालमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु परेको गुनासो गर्नुभयो । हस्तकुमारीले भन्नुभयो-अहिले जस्तो विवाह दर्ता हुन्छ भन्ने थाहा नभएर दर्ता गर्न छुटेको वा दर्ता गर्ने चलन नभएर विवाह दर्ता भएन । ‘पहिले विवाह दर्ताको चलन नभएर हो वा थाहा नभएर गरिएनछ।’ तामाङले भन्नुभयो, ‘अहिले समस्यामा परेको छु।’
तामाङको नागरिकता बनाउन उहाँकी छोरी सुनिताले चासो दिइरहनु भएको छ । सुनिताले पटकपटक धाउँदा विवाह दर्ता र जन्म खुल्ने कागज चाहिने भन्दै फर्काउने गरेको बताउनु भयो । ’सरकारले अशक्त ज्येष्ठ नागरिकलाई घरमै नागरिकता दिन्छन् भन्ने सुनेको थिएँ’, उहाँले इन्सेककर्मीसँग भन्नुभयो ’आवश्यक कागजात पुर्याएर घरमै नागरिकता दिन मिल्छ भने पहल गरिदिन अनुरोध गर्छु ।’
हस्तकुमारीलाई नेपाली नागरिकता दिलाउने पहलका लागि इन्सेक प्रतिनिधिले राखेको जिज्ञासामा साँगुरीगढी गाउँपालिका-१ का वडाध्यक्ष गोविन्द लिम्बूले नागरिकता सिफारिसका लागि आवश्यक कागजपत्र जुटाउने काम भइरहेको बताउनु भयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले आफू भर्खरै सरूवा भएर धनकुटा आएकाले यस विषयमा जानकारी नभएकाले नागरिकताबाट वञ्चित भएको विषयमा बुझेर कानुनी व्यवस्थाको बारेमा बुझ्ने र स्थानीय तह, मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर समस्या समाधानको बाटो खोज्ने बताउनु भएको छ ।
नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…