नष्ट मतपत्र यकिन गरी पठाउन निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले भरतपुर नगरपालिका-१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको राससले जनाएको छ ।
आयोगको जेठ १७ गते बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएपछि यस्तो निर्देशन दिएको हो ।
आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि के कति सङ्ख्यामा मतपत्र नष्ट भएको भन्ने यकिन नभएको उल्लेख गरिएको छ ।
‘गणना भएका तथा गणनाका क्रममा रहेका मतपत्र जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहवरमा खोली यकिन गरेर प्रतिवेदन पठाउन भनिएको छ ।’-आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मत गणनाका क्रममा सो वडाको एक हजार ८ सय ९ मत मत गणना भइसकेपछि उक्त घटना भएको थियो । सो घटना हुनुअघि भरतपुर महानगरका २९ वडामध्ये २७ वटा वडाको मत गणना सम्पन्न भइसकेको थियो ।
भरतपुर महानगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणू दाहाल तथा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…