नवलपुरमा आत्महत्याको डरलाग्दो अवस्था, बालबालिकाको संलग्नता बढ्दो
बौदीकाली– ६ नगरडाडा घर भई देवचुली– २ केउरेनी डेरा गरि बस्दै आएकी ११ वर्षीया मुना सोती मगरले पनि गएको पुस २६ गते डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गर्नुभयो । कावासोती– १५ शेरगंज बस्ने १२ वर्षीया श्रृया मुसहरले पनि गत पुस ८ गते सलको पासो लगाई झुन्डिएर आत्महत्या गर्नुभयो ।
हुप्सेकोट– २ कोलिया बस्ने १६ वर्षीया पूर्णिमा परियारले आफू सुत्ने कोठा भित्र रहेको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गर्नुभयो ।
यी तीन प्रतिनिधि घटना हुन् नवलपुरको । यी घटना चालु आर्थिक वर्षभित्र भएका घटना हुन् । पछिल्लो समय साना–साना बालबालिकाहरूले आत्महत्या गर्ने घटना जिल्लामा बढ्दोक्रममा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ११ ओटा आत्महत्याका घटना बालबालिकाको छ । जसमा ११ वर्षदेखि १८ वर्ष सम्मका बालबालिका छन् । पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको प्रयोग, अभिभावकको व्यस्तता, बालबच्चा नेपालमै छाडेर अभिभावकहरू वैदेशिक रोजगारीमा जानु, सानै उमेरमा प्रेम सम्बन्ध, लागू औषधको प्रयोग लगायतका कारण बालबालिकाहरूले आत्महत्याको बाटो रोज्ने गरेको बाल आत्महत्याका घटनाको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरि रेग्मीले बताउनुभयो । विशेषतः सामाजिक सञ्जालबाट विभिन्न खालका साथीहरू बनाउने, फेसबुकको चिनजानबाट प्रेम सम्बन्धमा पर्ने, ब्याट खेल्ने प्रवित्ति बढेकाले त्यसको असर बालबालिका र किशोरकिशोरीमा परेको उहाँको भनाई छ ।
बालबालिकाहरूले यसरी आत्महत्याको बाटो रोज्नु समाजकै लागि सोचनीय र दुःखद विषय बनेको सरोकारवालाहरू बताउँछन् । यस्ता घटना रोक्नका लागि पहिलो कार्य भनेको मनोसामाजिक परामर्श रहेको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा बताउनुहुन्छ । खासगरि अभिभावक नभएका, वैदेशिक रोजगारीमा गएका बालबालिकाहरूलाई विद्यालयका शिक्षक र अभिभावकत्व लिएका व्यक्तिहरूले नै परामर्श गर्न जरुरी रहेको उहाँले बताउनुभयो । बालबालिकाको सबैभन्दा नजिकको साथी भनेकै उसको शिक्षक र अभिभावक रहने हुँदा उनीहरूको व्यवहारमा आएको परिवर्तन तीनै व्यक्तिले नै पहिले थाहा पाउने भएकाले त्यस्ता बालबालिकाहरूलाई परामर्श गर्ने काम उनीहरूबाट नै गर्न सके राम्रो हुने शर्माले बताउनुभयो ।
अर्को कार्य भनेको सामाजिकीकरण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले एकल परिवारमा बस्ने प्रचलन बढेको हुँदा अहिलेका बालबच्चाहरुमा एक्लोपना बढ्दै गएको, सामाजिक विषयवस्तु, सामाजिक संस्कार सिक्ने अवसर नपाएको कारण पनि बालबच्चाहरूले सानातिना कुरा समेत सहन गर्न नसक्ने प्रवृत्ति बढेको उहाँको बुझाई छ । त्यसैले पनि बालबच्चालाई सामाजिकीकरण गर्न जरुरी रहेको शर्मा बताउनुहुन्छ । त्यसैगरी उमेर समूह अनुसार बालबच्चालाई जीवनोपयोगी सीप समेत प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।
नवलपुरमा चालु आर्थिक वर्षको अहिलेसम्म ८५ ओटा आत्महत्याको घटना दर्ता भएको छ । जसमा पुरुष ६५ र महिलाको संख्या २९ रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ सय ९ ओटा आत्महत्याको घटना दर्ता भएको थियो । जसमा पुरुष ६१ र महिलाको संख्या ४१ थियो । सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्ने छन् । भने, त्यसपछि विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढी छ । चालु आर्थिक वर्षमा ७४ जनाले झुन्डिएर, १० जनाले विष सेवन गरी र एक जनाले पानीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।
जिल्लामा आत्महत्याको घटना निकै डरलाग्दो देखिएको प्रहरी प्रमुख नरहरि रेग्मीले बताउनुभयो । जिल्लामा आत्महत्या गर्नेमा पुरुषको संख्या बढी देखिएको छ । बढ्दो आर्थिक संकट आत्महत्याको मुख्य कारणको रुपमा देखिएको रेग्मीले बताउनु भयो । पुरुषहरूले आत्महत्या गर्ने मुख्य कारण आर्थिक समस्या नै देखिएको उहाँले बताउनु भयो । त्यसपछि घरयासी झैझगडा, डिप्रेसन र केही वैदेशिक रोजगारीले निम्त्याएको अविश्वासका कारण आत्महत्या हुने गरेको अनुषन्धानले देखाएको रेग्मीले जानकारी दिनुभयो ।
ज्ञानु पंगेनी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…