नवलपुरका दुध उत्पादक किसानद्वारा दुध पोखेर विरोध प्रदर्शन

नवलपुरका दुध उत्पादक किसानले दुध पोखेर विरोध जनाउँदै  प्रदर्शन गरेका छन् ।

किसानले दुधको भुक्तानी माग गर्दै कावासोती स्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्दै १० बजेदेखि ११ बजेसम्म एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

दुधको भुक्तानी नपाएको र सरकार मुकदर्शक भएर बसेको भन्दै किसानहरुले सरकारको विरोधमा नाराबाजी समेत गरेका थिए ।

मिल्क होलि डे बन्द हुनपर्ने र किसानको दुधको मुल्य र बिक्रिको जिम्मा सरकारले लिनु पर्ने माग समेत गरेका छन् ।

नवलपुरमा दैनिक करिब ५० हजार लिटर दुध बिक्रि हुदै आएको छ । दुध उत्पादक किसानले स्थानीय सहकारी मार्फत बिक्रि गरेको दुधको भुक्तानी नपाएका कारण आन्दोलन गर्न परेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

नवलपुर जिल्लामा हाल २४ ओटा दुग्ध सहकारीबाट दुध बिक्री हुँदै आएको छ । जसमा १२ हजार भन्दा धेरै कृषक आवद्ध रहेका छन् ।

सहकारीले काठमाण्डौका दुध डेरीलाई दिएको दुधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन् ।

andolan 1 nawalpur

andolan 2 nawalpur


ज्ञानु पंगेनी